कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा मास्टर क्लास दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टर क्लास दिने भएका छन् । सुजितले ११औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्म मेकिङसम्बन्धी क्लास दिने भएका हुन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११औँ संस्करण योपटक काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा पाँच युरोपियन र तीनवटा नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने तीन नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव १९-२२ कात्तिकसम्म चल्नेछ ।

मास्टर क्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले  महोत्सवको अन्तिम दिन फिल्म मेकिङसम्बन्धी आफ्नो ज्ञान बाँड्ने छन् । सुजितले २२ कात्तिकमा पहिलो प्रहरमै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रूपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रूपान्तरण गर्ने प्रक्रियाबारे आफ्नो अनुभव बाँड्नेछु,’ उनले भने ।

अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टर क्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तक्र्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू स्वयं निर्देशित ‘सावित्री’ सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए ।

नेपाल युरोपियन फिल्म महोत्सवको ११औँ संस्करण काठमाडौँमा भौतिक रुपमा ११ देखि १५ कात्तिकसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ । अनलाइनमा २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म हेर्न पाइनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार