असोज १६, २०८३ शुक्रबार October 2, 2026

नेपाल टेलिकमको नयाँ अफर, ग्रुप एसएमएस पठाउन सस्तो – प्रति सन्देश ५० पैसा मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा भोलि मंगलबारदेखि कात्तिक २१ गतेसम्म सञ्चालनमा ल्याउने भएको छ ।

यसअन्तर्गत दुई हजार, पाँच हजार र १० हजार ओटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सेवा उपलब्ध हुनेछ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने यस प्याकमा दुई हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १००० मात्र लाग्नेछ ।

त्यसैगरी रु. २५ सयमा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिने प्याक र रु. पाँच हजारमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ ।

कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नहुने बताइएको छ ।

”यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ,” टेलिकमको विज्ञप्तिमा भनिएको छ ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल शिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया