श्रावण ३०, २०८३ शनिबार August 15, 2026

यी मोडेलमा ह्वाट्सएप नचल्ने, कतै तपाईँको फोन त परेन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ह्वाट्सएपले अन्ततः आधिकारिक रूपमा आफ्नो एप सपोर्ट नहुने डिभाइसको सूची सार्वजनिक गरेको छ । यसअन्तर्गत मेटाको स्वामित्वमा रहेको ह्वाट्सएप केही पुरानो मोडेलकाे फाेनमा सपोर्ट हुनेछैन । ह्वाट्सएपले ल्याउन लागेको विशेष अपडेटका कारण पुराना मोडेलका आईफोनमा उक्त एप सपोर्ट नहुने भएकाे हाे ।

ह्वाट्सएप आईफोनका ती डिभाइसमा सपोर्ट हुने छैन, जसमा आईओएस ११ वा त्यसभन्दा पुराना भर्सनको आईओएस चलिरहेका छन् । यसको अर्थ ह्वाट्सएप प्रयोग गर्नका लागि आईफोन फाइभ एस डिभाइस भएका प्रयोगकर्ताले नयाँ डिभाइसमा अपग्रेड हुनुपर्नेछ ।

“ती डिभाइसमा पछिल्ला सुरक्षा अपडेट नहुने भएकाले वा ह्वाट्सएप चलाउनका लागि आवश्यक फङ्सनको अभावले उक्त डिभाइसमा एप सपोर्ट हुने छैन,” ह्वाट्सएपले आफनो ब्लगपोस्टमा उल्लेख गरेको छ ।

उक्त पोस्टमा पछाडि लेखिएको छ, “अन्य प्रविधि कम्पनी जस्तै हामी पनि हरेक वर्ष कुन डिभाइसमा ह्वाट्सएप सपोर्ट गर्दैन भन्ने कुराको अनुगमन गरिरहेका हुन्छौं । जसले गर्दा पुरानो सफ्टवेयर भएका डिभाइसहरूमा एप सपोर्ट गर्दैन । त्यस्ता डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या पनि न्यून हुने भएकाले त्यति ठूलो समस्या आउँदैन ।”

नयाँ अपडेट आएपछि पुरानो आईफोन डिभाइसमा प्रयोगकर्ता ह्वाट्सएप सपोर्ट नहुने अलर्ट जानेछ । जसमा उक्त डिभाइसलाई पछिल्लो आईओएस भर्सनमा अपडेट गर्न भनिएको हुन्छ । यदि उक्त डिभाइसमा पछिल्लो आईओएस भर्सन अपडेट नभएको खण्डमा एप सपोर्ट हुँदैन । आईओएस ११ सन् २०१७ मा सार्वजनिक भएको थियो । जसले ६४-बिटका एप मात्र सपोर्ट गर्थ्यो ।

उक्त समयमा सो अपरेटिङ सिस्टम सार्वजनिक हुँदा ३२-बिट एपहरू सपोर्ट भएका थिएनन् । यदि तपाईँको डिभाइसमा ६४-बिट प्रोसेसर छैन भने तपाईँको डिभाइसमा ह्वाट्सएप सपोर्ट हुने छैन । उदाहरणका लागि यदि तपाईँसँग आईफोन फाइभ वा आईफोन फाइभ सी छ भने ह्वाट्सएप प्रयोग गर्न नयाँ डिभाइसमा नै अपग्रेड हुनुपर्ने हुन्छ ।

साथै तपाईँको आईफोनमा पुरानो आईओएस छ भने तुरुन्त पछिल्लो आईओएस अपडेट गर्नुपर्ने हुन्छ । अन्यथा तपाईँले ह्वाट्सएप प्रयोग गर्दा एप सपोर्ट नहुने अलर्ट जान्छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
२०८३ श्रावण ३०, शनिबार
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण ३०, शनिबार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार