कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘पत्थर जस्तो दिल’ गीतको म्युजिक भिडियोमा सुधीर र उषाको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको  ‘पत्थर जस्तो दिल’ नामक  म्युजिक भिडियो  सार्वजनिक भएको छ । यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले सङ्गीत संयोजन गरेका हुन्।
विशुद्ध मनोरञ्जनात्मक  यस भिडियोमा  एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रूपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । स्वयम्  रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई  रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो।  गायक गौतमको आधिकारिक च्यानल “थानेश्वर गौतम” मार्फत भिडियो सार्वजनिक भएको हो।
विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत छन्। उनले दर्जनौँ गजल र  कविताहरू लेखेका छन् ।  आफ्नो पहिलो सिर्जनालाई सुनेर हेरेर प्रतिक्रिया दिन ज्ञवालीले सबै दर्शक, श्रोतालाई आग्रह गरेका छन्।
भिडियाे हेर्नुहाेस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार