श्रावण १७, २०८३ आइतबार August 2, 2026

विनोद खन्नालाई हिरो बनाउने निर्देशक शिवकुमार खुरानाको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा पत्नी र दुई छोरा छन् ।

शिव अभिनेता विनोद खन्नालाई फिल्ममा अभिनेताका रुपमा अनुबन्ध गराउने पहिलो निर्देशकका रुपमा चिनिन्छन् । उनले विन्दु दारा सिंहलाई पनि फिल्ममा सार्वजनिक गरेका थिए ।

शिवकुमारले ‘मिट्टी और सोना’, ‘फस्ट लव लेटर’, ‘बदनाम’, ‘बदनसीब’, ‘बेगुनाह’, ‘जालसाज’, ‘बेआबरू’, ‘सोने की जंजीर’, ‘इंतकाम की आग’ जस्ता फिल्म निर्देशन गरेका थिए । यीबाहेक ‘दगाबाज’, ‘हम तुम और वह’, ‘अंग से अंग लगाए’ जस्ता फिल्म निर्माण गरेका थिए ।

शिवले आफ्नो ३५ वर्षे फिल्मी करिरयरमा ठूला स्टारसँग काम गरे । विनोदलाई अधिकांश फिल्ममा भिलेनको भूमिकामा अफर आइरहँदा शिवले नै पहिलोपटक उनलाई आफ्नो फिल्ममा हिरोको भूमिकामा अनुबन्ध गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार