श्रावण ३०, २०८३ शनिबार August 15, 2026

तपाईको फोनमा भाइरस छ कि छैन? यसरी थाहा पाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्मार्टफोन मानिसहरुको आवश्यकता भइसकेको छ। स्मार्टफोनले मानिसहरुको जीवनयापन सहज बनाएको छ। एप डाउनलोड गरेर धेरै काम स्मार्टफोनबाटै गर्न सकिन्छ।

एपले सहजतासँगै चुनौती पनि ल्याउने गरेको छ। धेरै जस्तो भाइरसहरु एपकै माध्यमबाट स्मार्टफोनमा प्रवेश गर्ने गर्छन्। भाइरसले सबै डिभाइसलाई नकारात्मक असर पुर्याउँछ।

भाइरस यस्तो कोड हो जसले कम्प्युटर तथा स्मार्टफोनमा स्टोर भएका सम्वेदनशील विवरणसम्म पुग्नका लागि दुराशयपूर्ण सफ्टवेयरको प्रयोग गर्दछन् र यसबाट अवैध धन आर्जन गर्दछन्।

कम्प्युटरमा झैं स्मार्टफोन पनि भाइरसको जोखिमबाट बच्न सक्दैनन्। ह्याकरहरुले डिभाइसलाई लक गरेर र्यान्समवेयरका माध्यमबाट व्यक्तिगत विवरणलाई इन्क्रिप्ट गरिदिन सक्छन्।

विशेषगरी एन्ड्रोइड डिभाइस यस्ता भाइरस तथा मालवेयरको बढी जोखिममा रहेका हुन्छन्। तर आफ्नो स्मार्टफोनमा भाइरस छ या छैन भन्ने थाहा पाउनु अत्यन्त जरुरी हुन्छ।

यस्तो पक्कापक्की गर्ने कुनै विशेष तरिका त छैन तर मालवेयर छ भने त्यसले कुनै पनि काम दोहोर्याएर गरिदिन्छ र यो प्रक्रियामा थुप्रै स्रोतसाधनहरुको उपयोग गर्छ।

यस्तो देखिएमा सजग हुनुपर्ने हुन्छ। त्यसबाहेक केही यस्ता टिप्स छन् जसका माध्यमबाट आफ्नो डिभाइस भाइरसयुक्त छ कि छैन भनेर अनुमान गर्न सकिन्छ।

डाटा प्रचूर मात्रामा खपत भएमा पनि भाइरसले थुप्रै ब्याकग्राउन्ड टास्कतथा एपलाई चलाइरहेको संकेत मिल्छ। साथै यसले इन्टरनेटसँग बारम्बार सम्पर्क गरिरहेको हुन्छ।

ब्याट्री छिटो छिटो सकिइरहेको छ भने पनि भाइरसले एप तथा सफ्टवेयरलाई  ब्याकग्राउन्डमा चलाइरहेको बुझ्नुपर्छ। केही शंकास्पद विज्ञापन वा मालवेयर पनि संकेतका रुपमा देखिन्छन्।

स्क्रीनमा रहेका नयाँ एपहरु पनि अनौठा देखिन सक्छन्। स्मार्टफोनको गति सुस्त हुन्छ र फोन ह्याङ पनि हुन सक्छ।

कसरी हटाउने भाइरस?

  • नयाँ इन्स्टल गरिएका एपलाई चेक गर्ने र कम डाउनलोड र खराब रिभ्यू भएका एप हटाउने
  • फोनको सेटिङबाट ब्राउजर क्याश हटाउने
  • सक्कली एन्टि-भाइरस सफ्टवेयर मात्र राख्ने
  • यदि यीमध्ये कुनैले पनि काम गरिरहेको छैन भने ब्याट्री ड्रेनको समस्या सुल्झाउन फ्याक्ट्रि रिसेट गर्ने

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
२०८३ श्रावण ३०, शनिबार
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण ३०, शनिबार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार