कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

“इन्टरनेट” म्युजिक भिडियोमा नम्रता र विनोदको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भिडियो सार्वजनिक भएको छ । सन् १९७० दशक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेष भुसा र गेटअप देखाउन यस गीतमा कोशिस गरिएको छ ।

खुन्दे बाट  म्युजिक भिडियो “इन्टरनेट” रिलिज भएको छ । खुन्दे सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने नेपालको खुम्बु क्षेत्रको एउटा गाउँ हो । यो शेर्पाहरूको पवित्र हिमाल खुम्बुको फेदमा रहेको उपत्यकाको खुम्जुङ गाउँसँग सिधा जोडिएको छ । खुम्जुङ उपत्यका समुन्द्र सतहबाट ३८०० मिटर देखी ४००० मिटरको बीचमा गएर गीतको बिमोचन गरेका छन् ।

यस म्युजिक भिडियोमा चर्चित नायिका नम्रता सापकोटा र विनोद पोखरेल जोडि राम्रो जमेको छ । अन्य कलाकारहरुमा असिम रानाभाट‚हिमा थापा‚आशिषदेव रुपाखेती‚कुमार मिलन‚ हिमान्सु रहेका छन् । त्यस्तै छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन् ।

म्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । यस गीत बिमोचनका लागी विदेशी मित्रहरु इन्टरनेट सोसाइटीबाट नाभिद उल हक‚ जोआओ पाउलो अगुयर , छेपाल शेर्पा  र अन्य खुन्ब्दे समुदायहरु सहभागी भएका छन् ।

गोकर्ण फोरेस्ट रिसोर्टमा छायाँकन गरिएको यस म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय हुने भनेर कृष्णदेव रुपाखेती ढुक्क देखिएका छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार