श्रावण १७, २०८३ आइतबार August 2, 2026

ओटीटीमा अड्किए नवाजुद्दिनका ७ फिल्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अभिनेता नवाजुद्दिन सिद्दिकीले बलिउडमा आफ्नो मिहेनतले पहिचान बनाए । उनी हरेक फिल्ममा शतप्रतिशत काम दिन्छन् । जसको परिणाम दर्शकले स्क्रिनमा हेर्न पाइरहेका छन् । कुनै समय ओटीटी प्लेटफर्मममा पनि रुचाइएका यी अभिनेताका ७ फिल्म अहिले ओटीटीमै पेन्डिङ छन् ।

ओटीटीले उनका फिल्म रिलिज गर्न आनाकानी गरेपछि कतै उनलाई ओटीटीले प्रतिबन्ध त लगाएको छैन भन्ने चर्चा सामाजिक सञ्जालमा छ ।

कोरोना समयमा ओटीटी प्लेटफर्म लोकप्रिय बन्यो । कैयौं फिल्म ओटीटीमा रिलिज भए र दर्शकको माया पाए । ओटीटीका मालिक पनि थिएटरमा रिलिज भएका फिल्ममाथि पैसा लगानी गरिरहेका छन् । तर, नवाजुद्दिनको हकमा भने उनका फिल्ममा लगानी गरे पनि रिलिजको मामलामा भने मौन छन् ।

हालैमात्र नवाजुद्दिनलाई सञ्चारमाध्यमले ओटीटीमा फिल्म रिलिज रोकिएका विषयमा प्रश्न सोधेका थिए । ‘इमान्दारिताका साथ भन्नुपर्दा फिल्मको काम पूरा गरेपछि म त्यसमा ध्यान दिन्नँ । मेरो काम हो अभिनय गर्नु, त्यो भन्दा अगाडि म केही जान्दिनँ,’ उनले भनेका छन् ।

उनको फिल्म ‘अद्भुत’, ‘टीकू वेड्स शेरु’, ‘बोलें चुडियाँ’ र ‘नूरानी चेहरा’ जस्ता फिल्म ओटीटीमा पेन्डिङमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार