श्रावण १८, २०८३ सोमबार August 3, 2026

चलचित्र ‘मिलन’ मङ्सिर ९ बाट प्रदर्शनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कथानक चलचित्र ‘मिलन’ मङ्सिर ९ बाट प्रदर्शनमा आउने भएको छ। प्रेमकथामा आधारित चलचित्र यसअघि कात्तिक १८ बाट प्रदर्शनमा आउने तय भए पनि प्रदर्शन मिति हेरफेर भएको छ । यही मितिमा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेकाले प्रदर्शन मिति सारिएको निर्देशक टेक पौरखी राईले जानकारी दिनुभयो ।

चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय छ। कुशल र शिल्पाले यही चलचित्रबाट डेब्यु गर्न लाग्नुभएको हो। चलचित्रका अन्य कलाकारमा सुमिन गुरुङ, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चैमगर, डेनियल खड्का, करन थापामगरलगायतको अभिनय छ। चलचित्रका निर्माता प्रवीण थापा हुनुहुन्छ।

काठमाडौँ र कालिञ्चोकमा छायाङ्कन गरिएको चलचित्रमा राहुल राईको छायाङ्कन, तारा किम्बे थापाको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, टङ्कबहादुर राईको भीएफएक्स छ। यस्तै चलचित्रमा समावेश तीनवटा गीतमा कविराज गहतराजको कोरियोग्राफी, प्रताप दास, कौशल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराँतीको आवाज छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया