कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

अमिताभ बच्चनको बुहारी हुन नसकेका यी अभिनेत्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउडमा सर्वाधिक चर्चामा अभिनेत्री ऐश्वर्या राय बच्चनले मंगलबार आफ्नो ४९ औं जन्मदिन मनाउँदैछिन् । ऐश्वर्यले बलिउडमा कैयौं फिल्ममा अभिनयको जादु देखाइसकेकी छन् । उनको नाम बलिउडका कैयौं अभिनेतासँग जोडिएको थियो । अन्ततः उनको भाग्यमा अमिताभ बच्चनका अभिनेता छोरा अभिषेक बच्चन नै जुरे । यहाँ ती अभिनेत्रीको चर्चा गरिएको छ, जो अभिषेकको प्रेममा परेर पनि बच्चन परिवारको बुहारी हुन सकेनन् ।

करिश्मा कपूर

अभिनेता अभिषेक र अभिनेत्री करिश्मा कपूरको प्रेमकथाले एकताका बलिउडमा राम्रो चर्चा पाएको थियो । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए, तर अन्तिम समयमा आएर उनीहरुको विवाह हुन सकेन । अहिलेको पुस्तामा पनि उनीहरुको प्रेमको चर्चा हुने गरेको छ ।

रानी मुखर्जी

यो सूचीको दोस्रो नाम हो, अभिनेत्री रानी मुखर्जी । अभिषेक र रानीले कैयौं फिल्ममा सँगै काम गरेका छन् । उनीहरु फिल्मको सुटिङका समयमा नजिकिएका थिए । तर, दुवैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई खुलाएनन् । दुवैले ‘कभी अलविदा ना कहना’, ‘बन्टी और बबली’ र ‘युवा’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

दीपानिता शर्मा

दीपानिता शर्मासँग पनि अभिषेकको अफेयर थियो । दुवैले करिब १० महिनासम्म डेट गरेका थिए । यसपछि दुवै अलग्गिए ।

जाह्नवी कपूर

यो सूचीमा श्रीदेवीपूत्री जाह्नवी कपूरको पनि नाम छ । उनले अभिषेकले आफूमाथि धोका दिएको आरोप लगाएकी थिइन् । अभिषेककै कारण उनले आत्महत्या प्रयास पनि गरेकी थिइन् । तर, पनि यसलाई एक स्टण्टका रुपमा लिइयो ।

निर्णायक ऐश्वर्या

अभिषेक र ऐश्वर्याको भेट फिल्म ‘और प्यार हो गया’मा भएको थियो । यो भेटपछि उनीहरुको अफेयर सुरु भएको थियो । यसपछि उनीहरु दुवैजना कैयौं फिल्ममा सँगै देखिए । अभिषेकसँग डेट पछि ऐश्वर्याले सन् २००७ मा विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान आराध्या छिन् । एजे्न्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार