श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सुकुम्बासीलाई लालपुर्जा दिन म जस्तोसुकै लँडाइ लड्न पनि तयार छु । – अभिनेत्री रेखा थापा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चुनाव प्रचारप्रसार कस्तो भइरहेको छ ?

एकदमै राम्रो भइरहेको छ । म आफ्ना मुद्दा लिएर मतदाता समक्ष गइरहेको छ् । राम्रो रेस्पान्स पाएकी छु ।

के के मुद्दा लिएर मुद्दा लिएर मतदाताकहाँ पुग्नु भएको छ ?

म यही क्षेत्रको व्यक्ति हो । मलाई यहाँका जनताले भोग्नु परेका समस्याबारे राम्ररी थाहा छ । यो क्षेत्रमा ३० वर्षदेखि बिभिन्न समस्या समाधान भएको छैन । अहिले पनि समस्या उस्तै छन्, चाहे त्यो सुकुम्बासी, शिक्षा, स्वास्थ्य, गरिबीको समस्या यथावत छ । यी समस्या समाधानका लागि संघर्ष गर्ने मेरो उद्देश्य हो । यसका लागि म चुनावी मैदानमा उत्रिएकी छु ।

तपाईँलाई नै मतदाताले भोट किन दिने भन्ने प्रश्न पनि उठेको होला नि ?

म यही निर्वाचन क्षेत्रको मान्छे हो । तीन दशकदेखि चुनाव लडेका, जितेका व्यक्तिले विगतमा समस्या कहाँ समाधान गरे ? यहाँबाट जितेर जानेहरुरुले के गरे भन्ने प्रश्न उठिरहेको छ । मोरङ- ३ मात्र होइन, देशभरबाट युवाले मौका पाउनुपर्छ भन्ने माग छ । मेरो चुनावी अभियानलाई युवा, महिला सर्बैले साथ दिइरहनु भएको छ । विगतमा उम्मेदवार भएर जितेका व्यक्तिको समीक्षा भइरहेकोछ । अबको भविष्य युवाको हातमा भन्ने कुरा मतदाताले बुझ्नु हुनेछ । पटकपटक परीक्षण भइसकेका व्यक्तिबाट काम हुन सक्दैन भन्ने मतदाताले राम्ररी बुझेका छन् ।

युवा मतदाताको अपेक्षा के पाउनु भएको छ ?

युवाहरुले यो पार्टी, त्यो पार्टी भनेर निर्वाचनमा जिताएको पाइन्छ । पार्टीलाई जिताएको भोलिपल्ट विदेशिनुपर्ने बाध्यता छ । म युवा हुनुको नाताले विशेष गरी लागि आवाज उठाउँदै आएको छुु । म उनीहरुको सरोकारका विषयमा संघर्ष गर्छु, बोल्छु । युवा पुस्तालाई स्वदेशमा रोजगारी, अधिकारका लागि लड्ने व्यक्ति हो । मैले यसअघि पनि खाडी मुलुकबाट स्वदेश आउँदा आवश्यक सामान ल्याउन रोक लगाउँदा आवाज उठाउने व्यक्ति म हो । युवाहरुको विदेशमा श्रम बेच्न पाइदैन । राजनीतिक दलहरुले युवाहरुलाई सडकमा ढुंगा हान्न पठाउँछन् । युवालाई पार्टीको झण्डा बोकायो, अनि आफूले जितिसकेपछि उनीहरुलाई बेच्न पल्केका छन् । राजनीति व्यापार भयो । युवाको भविष्य सुनिश्चित हुने राजनीति गर्नुपर्छ । सबै नागरिक स्वदेशमै बसेर गरेर खाने वातावरण बनाउनु पर्ने होइन र ? विगतदेखिनै आफू वरिपरिका व्यक्तिलाई हेर्ने, नातावाद, कृपावाद भइरहेको छ । आजसम्म हामीलाई प्रयोग गरेर जुन राजनीति भइरहेको छ, यो बन्द हुनुपर्‍यो । मेरो पुस्ताले यो गलत राजनीतिकको विरोध र विद्रोह गर्नुपर्‍यो । मेरो पुस्तालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लाम लागेर काम गर्न बाहिर गएको देख्न चाहन्न । यही देशमा बसेर काम गर्ने वातावरण बनाउनु मेरो लक्ष्य हो ।

तपाईँको लडाई यसअघि प्रतिस्पर्धा गरेका कांग्रेस, एमालेका उम्मेदवारसँग हो ?

होइन, होइन । उहाँहरुसँग मेरो प्रतिस्पर्धा होइन । उहाँहरुले राम्रो काम गरेको भए प्रतिस्पर्धा हुन्थ्यो । कामै नगर्ने उम्मेदवारसँग मेरो कसरी प्रतिस्पर्धा हुन्छ ?

मतदाताले तपाईँलाई के प्रश्न गरिरहेका छन् ?

हेर्नुस्, शिक्षा स्वास्थ्य, रोजगार हाम्रा राष्ट्रिय मुद्दा हुन् । नि:शुल्क शिक्षा प्राप्त गर्ने मौलिक हक अधिकार हो । यो किन कार्यान्वयन भएन ? सत्तामा पुग्ने राजनीतिक दलले यसमा के गरे ? शिक्षालाई व्यापार गर्ने माध्याम बनाइयो ? हामीले तीस दशकदेखि उम्मेदवारलाई जिताऔ । तर हाम्रो आफ्नै क्षेत्रमा हराम्रो स्वास्थ्य उपचार पाइनौ । मेरी आमा, छिमेकी, मजदुर, गरिबले राम्रो शिक्षा, स्वास्थ्य पाउने व्यवस्था किन भएन ? म यी समस्या समाधान लागि उम्मेदवार भएको हुँ। अहिले पनि यो क्षेत्रका बासिन्दा बिरामी हुँदा विराटनगर, धरान जानुपर्ने बाध्यता छ । राम्रो स्वास्थ्य किन भएन भने प्राइवेट अस्पतालले सरकारी अस्पताल सुधार हुन दिँदैनन् । नि:शुल्क राम्रो स्वास्थ्य भयो भने प्राइवेट अस्पताल सुक्ने भए । नि:शुल्क शिक्षा भयो भने निजी स्कुल सुक्ने भए । यहाँ त शिक्षा र स्वास्थ्यमा राजनीति भइरहेको छ । व्यापारका लागि राजनीति भइरहेको छ । तर, अहिले यसकै लागि मत बटुल्ने काम भइरहेको छ ।

यो क्षेत्रमा सुकुम्बासी समस्या धेरै छ । पुस्तौदेखि उनीहरुको हातमा लालपुर्जा छैन ।२०४६ सालदेखि सुकुम्बासीलाई भोट बैंकको रुपमा प्रयोग गरियो । चुनाव आउने बेला लालपुर्जा दिन्छौ भन्दै सोझा सुकम्बासीलाई आश्वासन बाँडियो । योपटक सुकुम्बासीलाई लालपुर्जा दिन म जस्तोसुकै लँडाइ लड्न पनि तयार छु । आगामी पाँच वर्षमा यो समस्या समाधान गर्ने मेरो लक्ष्य छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार