श्रावण १८, २०८३ सोमबार August 3, 2026

अमेरिकी गायक कार्टरको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी गायक तथा र्यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ । उनी  ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए ।

वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे ।

“अहिले यो साँच्चै खराब समय हो, हामी के भयो र यसको कारण के थियो भनेर पत्ता लगाउन कोशिस गर्दैछौं,“ उनीहरूले भने, “हामी सबैजस्तै निराश छौं र आशा छ कि प्रशंसकहरूले उनको परिवारलाई विचार र प्रार्थना दिन सक्छन् ।“ उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया