कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गायक कृष्ण बिकको गीत ‘रानी माया’ को मन्त्री श्रेष्ठ र अभिनेता हमालले गरे सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् गायक कृष्णकै छ ।

काठमाडौंमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

‘गीतसंगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ । यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ । हामी पनि यस्ता गीतसंगीत प्रति सकारात्मक छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस् भनेर नै यहाँ आएको हुँ । आउँदो दिनमा मन्त्रालयले समेत सहकार्य गर्नेछ ।’

अभिनेता राजेश हमालले भिडियो आकर्षक बनेको प्रतिक्रिया दिँदै तारिफ गरे । ‘गीतको भिडियो निर्माणमा गरिएको मेहनत देखिन्छ । विना सम्झौता प्रोजेक्टलाई स्तरीय बनाउनु हामी कलाकारहरूको लागि झनै राम्रो हो । उहाँहरूसँग मैले काम गरिसकेको छु । यसले पनि दर्शकको माया पाउनेमा विश्वत छु,’ हमालले भने ।

गायक कृष्णले गीतसंगीत स्तरीय बनाउने आफ्नो चाहना रहेको बताए । ‘यो मेरो दोस्रो प्रयास हो । अडियो र भिडियोलाई बलियो बनाउने कोसिस गरेको छु । गायनसँगै अभिनय गर्दा रमाइलो भयो,’ गायक कृष्णले भने । गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन् । गीतमा स्वयं गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् ।

निर्देशक जीबीले भिडियोलाई स्तरीय बनाउन निकै मेहनत गरेको बताए । ‘गीतलाई हेर्दा पनि उत्तिकै आन्द अओस् भनेर सकेको मेहनत गरेका छौँ । गीतमा सामान्य युवा र राजकुमारीको प्रेमलाई देखाउन खोजिएको छ । गीतले दर्शक र श्रोताको मन जित्नेमा विश्वस्त छु,’ निर्देशक जीबीले भने । सार्वजनिक भिडियो गीत नेपाल नामक युट्युब च्यानलमा उपलब्ध छ । कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र पत्रकार संघका कोषाध्यक्ष प्रदीप कार्कीलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार
इरानसँग वार्ता अघि बढाउन भान्सको पहल
२०८३ कार्तिक १२, बिहिबार
सुनचाँदी बजारमा उतारचढाव : सुन महँगिँदा चाँदी सस्तियो
२०८३ कार्तिक १२, बिहिबार
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार