कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

‘महापुरूष’ को नयाँ गीत पर्खाल सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ । उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ ।

गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ । गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द छ ।

गीतले एक्लोपनमा रहेका हरिवंशको अव्यक्त इच्छा र चाहनालाई समेटेको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराई बताए । ‘हरिदाइको फेरिँदो समय र व्यक्त नगरिएका चाहनालाई उहाँको अनुहारमा देख्न सकिन्छ । गीतलाई थियटरमा नाटक मञ्चन भइरहेको सन्दर्भमा जोडिएको छ’, निर्देशक भट्टराईले भने । फिल्ममा यही गीतबाट ट्विस्ट सुरु हुन्छ । गायक कोइरालाले गीतले फिल्मको कथासारलाई व्यक्त गर्ने बताए ।

फिल्म नेपालसहित अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ । फिल्म हेर्ने दर्शकले ‘मास्टरपिस’ भनेका छन् । यसैले गर्दा फिल्मको व्यापार पहिलो साताभन्दा दोस्रो साता बढ्दो छ । साथै दिउँसोदेखि साँझसम्मका प्रायः शो लगभग हाउसफूल भइरहेका छन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार