असार २४, २०८२ मंगलबार July 8, 2025

बैंकिङ सेवा बन्द नगर्न राष्ट्र बैंकद्धारा सर्कुलर जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कुनै पनि बैंकले आफ्नो सेवा बन्द गर्न नपाउने गरी नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ। बैंकिङ सेवा अत्यावश्यक सेवा भएकोले यसलाई बन्द गर्न नपाउने गरी राष्ट्र बैंकले क, ख, ग, र घ वर्गका सबै बैंकलाई निर्देशन जारी गरेको हो।

सरकारले अत्यवश्यक सेवाबाहेक अन्य सेवा चैत ९ देखि चैत २१ सम्म बन्द गर्न भनेको र बैंकिङ सेवा अत्यावश्यक नै रहेको राष्ट्र बैंकले भनेको छ।

कोरोनाका कारणले सबै क्षेत्रलाई असर गरे पनि सकेसम्म कम कर्मचारीबाट सजग रहि सेवा भने सूचारु गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।

साथै राष्ट्र बैंकले सबै कर्मचारीहरुलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन भनेको छ।

बैंकले दिने विद्युतीय कारोबारलाई पनि प्रोत्साहन गर्न सर्कुलरमा भनिएको छ।

सरकारले विश्व महामारी कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै अत्यावश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएसँगै विद्यालय, कलेज, व्यवसाय राजधानी काठमाडौंमा बन्द भएका छन्।

तर राष्ट्र बैंकको निर्देशनसँगै अब बैंकिङ सेवा भने बन्द नहुने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया