मेलम्ची । मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका कामहरु ठप्प भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई फैलन नदिन सरकारले देशभर लक डाउन गरेपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ ।
देशभर लकडाउन भएपछि हामीले आयोजनामा भइरहेको सबै काम रोकेका छौ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने।
एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो ।
दशैँअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताएका छन ।
आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्के पनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीतसंग बसिरहेको खत्रीले बताएका छन ।
कोरोनाका कारण जिल्लामा निर्माणधिन जलविद्युत आयोजनादेखि अन्य सबै निर्माणका कामहरु रोकिएका छन् ।
१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम सबै रोकिएको मध्यभोटेकोशी जलविद्युत आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिएका छन ।
त्यस्तै जिल्लामा स्थानीय, प्रदेश र संघबाट सञ्चालित बिभिन्न विकास निर्माणका सबै काम रोकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया