कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल दोस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।

मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४ हजार ७ सय ५१ मत पाएका छन् ।

एमालेका कृष्णभक्त पोखरेल ४ हजार २३ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया