कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पूर्वी नवलपरासी-१ मा शशाङ्कको अग्रता कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ। मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको छ ।

कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।

पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता कायम राख्नुभएको छ। कार्कीले १७ हजार एक सय १० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमालेका तिलबहादुर महतले १६ हजार आठ सय सात मत प्राप्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया