मंसिर २०, २०७९ मंगलबार December 6, 2022

पम्फालाई भारी मतले हराउदै ललितपुरबाट तोसिमा कार्की विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ । ०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया