वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

समानुपातिक मतगणना जारी: कांग्रेस र एमालेले ल्याए ८ लाख बढी मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ । नेपाली कांग्रेसले आठ लाख ५७ हजार छ सय २१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार पाँच सय ७५ मतसहित  तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख दुई हजार चार सय ९९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार तीन सय ७५ मत पाएको छ ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख १२ हजार पाँच सय ७९ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ६७ हजार छ सय १४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार पाँच सय ४७, नेकपा (एकीकृत समाजवादी)ले ६१ हजार सात सय चार र नेपाल मजदुर किसान पार्टीले ५६ हजार एक सय ८३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार दुई सय मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार चार सय २३ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २१ हजार आठ सय १४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार एक सय ८६ मत पाएको छ ।

नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज कति छ विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख १४, शुक्रबार
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’ योजना आयोगको महत्त्वाकांक्षी लक्ष्य, प्रधानमन्त्री प्रतिबद्ध
२०८१ वैशाख १४, शुक्रबार
केन्यामा बाढीका कारण ३८ को मृत्यु
२०८१ वैशाख १४, शुक्रबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार