वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

एमाले पहिलो पार्टी बन्ने करिस्मा मानन्धरको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । (बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )’

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, ‘मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया