काठमाण्डौंः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी फराकिलो मत सहित निरन्तर अग्रता लिइरहेका छन्। यो समाचार तयार गर्दा केसी २२ हजार सात सय ४८ मतसहित अघि रहेका छन् ।
पछिल्लोपटक देउराली माविको ख र ग, सानुकिम्ताङ माविको क र ख गरी कुल बाउन्न हजार ९ सय सन्तानब्बे मतगणना सकिदाको मतपरिणाम रहेको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १३ हजार २ सय ५४ मतसहित केसीलाई पछ्याइरहेका छन्। केसी अहिलेसम्म ९ हजार ४ सय ९४ मतान्तरले अघि छन् । मतगणना जारी रहेको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डेले ११ हजार ९ सय ३८ मत ल्याएका छन् । यहाँ अझै १३ हजार बढी मत गणना गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया