कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले ११७०० सात मत प्राप्त गरेका छन्।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले ९०७९ मत प्राप्त गरेका छन्। यहाँ हालसम्म २१७२७ मत गणना भएको छ।

त्यस्तै प्रदेश सभा (१) मा एमालेका जीतबहादुर मल्लले ५४३० र सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले ४२२३ मत प्राप्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया