काठमाण्डौंः मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुन् ।
विसं २००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा पिता भगवान्सिंह केसी र माता यशोदादेवीका सुपुत्रका रूपमा जन्मनुभएका केसी विसं २०१८ देखि राजनीतिमा सक्रिय छन् । उनी एक वरिष्ठ प्रभावसाली राजनीतिज्ञ, पूर्व अधिवक्ता एवं पूर्व प्राध्यापक समेत हुन् ।
स्नातकोत्तर र बिएलसम्मको अध्ययन गरेका उनले छ वर्ष नौ महिना जेल जीवन बिताएका छन् पार्टी प्रतिबन्ध र आन्दोलनका क्रममा केसी पटक–पटक भूमिगत बसेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन र कानुन व्यवसायीका रूपमा समेत काम गरेका केसीले एसिया, युरोप, अमेरिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका र अफ्रिका लगायतका ३५ भन्दा बढी देशको भ्रमण गरेका छन् । केसीले नेपाली कांग्रेसको सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् ।
केसीले शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकासमन्त्री भएर कार्यकारी भूमिकामा पनि काम गरेको अनुभव सँगालेका नेता केसी समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्छन् ।
नेपाली राजनीतिका हस्ती अर्जुननरसिंह केसी, बहुदल स्थापना पश्चात शान्ति समझौता र गणतान्त्रिक नेपालको स्थापनामा मुख्य भूमिका निर्वाहा गर्दे आएका छन् । पार्टीभित्र लोकप्रिय र संगठनका बाहुबली, उनले राष्ट्रियरुपमा नुवाकोटलाइ केन्द्रिय विकास योजनामा सम्हिलित गर्न तथा नुवाकोटका लागि कयौं समाबेसी र आर्थिक विकासका योजनाहरु क्याबिनेट र संसदबाट पारित गर्न सफल भएका छन् ।
उनि पार्टी भित्र अत्यन्तै लोकप्रिय, बौद्धिक र प्रखर वक्ताका रुपमा चिनिनछन् । पूर्व महाधिबेसनमा हार बेहोरेनि सिँगै पार्टी पङ्ती भित्र टप टेन भित्र मत ल्याउन सफल, अर्जुन नरसिंह कांग्रेस र कांग्रेसका कयौं भातृ संस्था भित्र बलियो संगठन हाक्दें आएका छन् ।
आफ्नो मन्त्रीकालमा उनले गरेका महत्वपूर्ण शिक्षा, स्वास्थ्य तथा सहरी विकासका योजनाहरु सन् २०२२ सम्म लागु हुँदै आइरहेका छन्।
यसपटकको संसदीय निर्वाचनमा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसका तर्फबाट उनी उम्मेदवार बनेका थिए । केसी २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत पाए ।
नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याए । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग केसी १० हजार मतान्तरले पराजित भएका थिए । केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । उहाँलाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया