कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रदेशसभामा कांग्रेस १०४ स्थानमा, एमाले ८४ क्षेत्रमा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पछिल्लो मतपरिणाम अनुसार प्रदेशसभातर्फ नेपाली कंग्रेसले १०३ स्थानमा जित निकाल्दा ४ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा एमाले ८४ वटा निर्वाचन क्षेत्रमा विजयी हुँदा ५ वटामा अगाडि छ । माओवादी केन्द्रले ५९ स्थानमा जित निकाल्दा १ वटा निर्वाचन क्षेत्रमा आगाडि छ । एकीकृत समाजवादीले १३ वटा निर्वाचन क्षेत्रमा जित हात पार्दै १ वटामा अग्रता बनाएको छ ।

स्वतन्त्रले १२ स्थानमा जितेका छन् । राप्रपाले ११ स्थानमा जित निकालेको छ । जसपा नेपालले ९ स्थानमा जित निकाल्दै १ स्थानमा अग्रता कायम गरेको छ । जनमत पार्टीले ७ स्थानमा जित निकालोको छ ।

यस्तै लोसपाले ९ स्थानमा विजयी भएको छ । जनमत पार्टीले ७ स्थानमा जित निकालेको छ । नागरिक उन्मुक्ति पार्टीले ५ स्थानमा जित हासिल गरेको छ । नेमकिपाले एउटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया