काठमाडौं । लकडाउनका कारण ग्याँसको माग ह्वात्तै बढेपछि सरकारले विधुत्तबाट चल्ने इन्डक्सन चुलोको प्रयोगका लागि सर्वसाधारणलाई आह्वान गरेको छ ।
इन्डक्सन चुलो प्रयोग गरेमा सरकारले विधुत्त महसुलमा समेत छुट दिने बताएपछि यो चुलोको माग पनि बजारमा बढिरहेको छ ।
काठमाण्डौ थापाथलीस्थित पहिलाको खाद्य गोदाम रहेको र हालखाद्य व्यबस्था तथा व्यापार कम्पनीको गोदाम र भक्तपुरको सूर्यविनायकस्थित विक्री कक्षबाट बिदाको दिनबाहेक इन्डक्सन चुलो खरिद गर्न सकिने जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले ट्विटमार्फत् दिएका छन ।
सचिव अर्यालका अनुसार, चीनमा निर्मित इन्डक्सनको मूल्य हाल चार हजार रुपियाँ कायम गरिएको छ र कम्पनीको विक्री कक्षबाट बिना कुनै कागजात खरिद गर्न सकिने तर घरघरमा चुलो पुर्याउन नसकिने प्रष्ट पारेका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया