कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

स्याङ्जा-२ मा काँग्रेसका धनराज गुरुङको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मा पछिल्लो नतिजा अनुसार नेपाली काँग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई  ६५४ मतले पछि पार्नु भएको हो ।

काँग्रेसका गुरुङले तीन हजार ९०१  मत पाउनु भएको छ भने एमाले की अर्यालको  तीन हजार २४७  मत रहेको छ । सुरुवाती अवस्थामा एक हजार बढिको अग्रता लिनु भएकी अर्याल अहिले पछि पर्नु भएको हो ।

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोट कै ९ नम्बर वडाको मत गणना भइरहेको छ ।

यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गर्नु भएको छ । स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया