कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सर्वदलीय सहमतिपछी बाजुरामा आज साँझबाट मतगणना सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मतदान भएको १२ दिनपछी बाजुरामा आजदेखि मतगणना शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले आज दिउँसो ३:३० देखि मतगणना शुरु गर्ने निर्णय गरे पनि ढिलोगरी ५:४० बजेदेखि गणनाको काम सुरुभएको छ ।

बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार साँझदेखि मतगणनाको काम सुरु भएको हो । उहाँका अनुसार हिमाली गाउँपालिकाबाट गणनाको काम शुरु गरिएको छ । उहाँले मत गणनाको काम जिल्ला प्रशासन कार्यालय बाजुराको नवनिर्मित भवनमा भइरहेको बताउनुभयो ।

मङसिर १४ गते निर्वाचन आयोगले बाजुरा र स्याङ्जा जिल्लामा मतगणना गर्ने निर्णय गरेसँगै बाजुरामा पनि आजदेखि गणनाको काम सुरु भएको छ । यसअघि नेकपा (एमाले) ले विभिन्न माग सम्बोधन हुनुपर्ने माग राख्दैआएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टीलगायतका राजनीतिक दलहरुको सहमतिमा मतगणना शुरु गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया