श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विश्वकप : क्यानडालाई हराउँदै मोरक्को नकआउट चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कतारमा जारी फिफा विश्वकपमा मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहिबार राती भएको खेलमा क्यानडालाई २–१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको हो । जितसँगै मोरक्को समूह एफको विजेता समेत बन्यो । मोरक्को जितमा हाकिम जिएच र युसेफ नसरीले गोल गरे। भने मोरक्को डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गरेका थिए ।

पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो। क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० र दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले पराजित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया