काठमाण्डौः नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित निवासमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको हो ।
सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्नेक्रममा बम नभएको पुष्टि भएको हो ।



घटनास्थलमा बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो भने घरको कम्पाउण्डमा प्रेसर कुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीले घर वरपरको स्थानलाई सिल गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया