वैशाख ११, २०८१ मंगलबार April 23, 2024

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डेढ वर्षअघि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सोमबार सर्वोच्च अदालतमा एमालेले कारबाही गरेका १४ निवर्तमान सांसदको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर सोमबार सो मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पठाएका थिए । तर संसद सचिवालयले सो पत्र सूचना पाटीमा टाँस नगरेपछि नेपालले आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले एमालेका निवर्तमान १४ सांसदलाई कारबाही नगरी थाती राखेका थिए ।

सो पार्टी अवैध रहेको भन्दै खारेज गर्न एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दायर भएपछि सबै मुद्दा एक ठाउँमा राखी सुनुवाइ गरिएको थियो । तर, बीचमै रोकिएपछि अहिलेसम्म फैसला हुन सकेको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेमालमा बृहत् स्वास्थ्य शिविर
२०८१ वैशाख ११, मंगलबार
इलाम उपनिर्वाचन-रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले-कांग्रेस
२०८१ वैशाख ११, मंगलबार
आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक
२०८१ वैशाख ११, मंगलबार
विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री
२०८१ वैशाख ११, मंगलबार
सुनको मुल्य दुई हजार सात सय रूपैयाँले घट्यो
२०८१ वैशाख ११, मंगलबार
गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न
२०८१ वैशाख ११, मंगलबार
एकिकृत समाजबादीद्धारा स्थायी कमिटी बैठक आह्वान
२०८१ वैशाख ११, मंगलबार