श्रावण २, २०८२ शुक्रबार July 18, 2025

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव मंगलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न १९ वर्षअघिदेखि प्रतियोगिता आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरेकी छन् । उद्घाटनपूर्व खेलकुद र्‍याली भैरहवाको बुद्धचोकबाट निस्केको थियो । र्‍यालीमा छात्रछात्रा, शिक्षक, प्रशिक्षक तथा शुभेच्छुकहरुको सहभागिता थियो ।

निजी विद्यालयहरूबीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि सम्बन्ध जोड्न प्रतियोगिताले भूमिका खेल्दै आएको छ । शिक्षाका साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रम गर्दै आएको अध्यक्ष उदयकुमार मल्लिकले बताए ।

प्रतियोगिताको मुख्य उद्देश्य छात्र तथा छात्रालाई शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको सिर्जना गर्नु रहेको खेलकुद महोत्सवका संयोजक मनोजकुमार यादवले बताए । समूहमा आबद्ध १८ विद्यालयका एक हजार ४ विद्याथीहरूबीच हुने खेल महोत्सव तीन तहमा विभाजन गरी प्रतियोगिता गराइने उनकाे भनाइ छ ।

कक्षा १ देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरी दुई विधामा प्रतियोगिता गराइने संयोजक यादवले बताए । प्रतियोगिता कोभिडका कारण दुई वर्ष स्थागित भएकाे थियाे । २० देखि २३ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा सय मिटरदेखि आठ सय मिटरसम्मका दौड, सय गुणे चार रिले दौड, स्किपिङ दौड, बोरा दौड, तीन खुट्टे दौड, लङजम्प, सटपुट र भलिबल खेलहरू हुने आयोजकले जानकारी दिएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार