श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सीमाक्षेत्रमा समस्या देखिए तत्काल द्विपक्षीय संवाद गरिहाल्नुपर्छ । – दीपकुमार उपाध्याय (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतका तर्फबाट नेपालसँगको सीमामा एकतर्फी रूपमा संरचना निर्माणका घटना किन पटकपटक दोहोरिइरहन्छन् ?

दुई देशबिचको सीमामा कुनै गतिविधि या भौतिक संरचना निर्माण गर्दा दुवै पक्षको पूर्वसहमति अत्यावश्यक हुन्छ । सहमतिविना सीमामा कुनै काम गर्न पाइन्न । तर, हामी आफ्नो सीमा क्षेत्रमा जसले जे गरे पनि ‘प्रम्प्ट एक्ट’ नै गर्दैनौँ ।

भारतमा पनि नेपाली सीमामा जे गरे पनि हुन्छ भन्ने सोच छ । अहिलेको समयमा तत्काल प्रतिक्रिया जनाउनुपर्ने पिषयमा पनि हामी प्रतिवेदन कुरेर बस्छौँ । अनि किन नहेपून् त अरूले ? राजदूतहरूसँग वेलावेलामा भेटघाट भइरहन्छ । अन्य उच्चस्तरीय भेटघाट पनि बाक्लै हुन्छन् । यस्तो वेलामा पनि सीमामा हुने एकपक्षीय गतिविधिबारे कुरा राख्न सकिन्छ । तर, हाम्रो नेतृत्वले यस विषयमा मौन बस्नुको परिणाम हो यो ।

भनेपछि नेपाल सरकारले दह्रो चासो नदेखाएकाले नै यस्ता समस्या दोहोरिइरहेका हुन् त ?

पक्कै पनि हो । हाम्रो नेतृत्वले सीमा सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेकै छैन । सीमामा समस्या देख्दा तत्काल प्रतिक्रिया नजनाएपछि यस्ता घटना दोहोरिनुमा के नै आश्चर्य भयो र ?

सीमा क्षेत्रमा यस्ता समस्या दोहोरिन नदिन  दुवै पक्षले के के गर्नुपर्ला ?

दुवै पक्षले सीमा क्षेत्रमा कुनै गतिविधि गर्दा पूर्वसहमति गर्नुपर्छ । राष्ट्रिय स्वार्थका विषयमा प्राथमिकता निर्धारण गरिनुपर्छ । समस्या देखिए तत्काल द्विपक्षीय संवाद गरिहाल्नुपर्छ । एकअर्काको सार्वभौमिकताको सम्मान गर्नुपर्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार