श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज चौथो खेल स्कटल्यान्डसँग खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

नामिबिया भ्रमणमा रहेको नेपालले आज चौथो खेल खेल्न लागेको हो ।नेपाल र स्कटल्यान्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् । हिजो भएको तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो।

त्यस्तै नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहिन हुँदा एक/एक अङ्क बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । ७ टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ ।

स्कटल्यान्ड ३१ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार