श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितामा नविताको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय च्याम्पियन नेपालकी नविता श्रेष्ठले विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितामा बिहीबार जित हात पार्नुभएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्सको समूह ‘एच’ मा नविताले श्रीलंकाकी तमाद काभिन्द्या अलागीयावाडुलाई ११–३, ११–९ र १२–१० को सोझो सेटमा पराजित गर्नुभयो । सोही समूहको अर्को खेलमा भने तमादले बंगलादेशकी कोइ कोइ साइ मामालाई सीधा सेटमा ११–५, १३–११ र ११–९ ले हराउनुभयो ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला सिंगल्सको समूह ‘ई’ मा पाकिस्तानकी हुर फवादले नेपालकी सिक्का सुवाल श्रेष्ठलाई ३–० तथा भारतकी दिया पराग चितालेले सिक्कालाई ३–० कै सोझो सेटमा हराउनुभयो ।

समूह ‘जी’ मा नेपालकी एलिना महर्जन श्रीलंकाकी मनीषा र माल्दिभ्सकी फथिमाथसंग समान ३–० को नतिजामा पराजित हुनुभयो । समूह ‘डी’ मा नेपालकी रविना महर्जन श्रीलंकाकी कासुनीसंग ३–१ तथा भारतकी अर्चनासँग ३–० ले चुक्नुभयो । समूह ‘सी’ मा भारतकी रिथले नेपालकी इभाना थापालाई ३–० ले पाखा लगाउनुभयो ।

पुरुष सिंगल्सको समूह ‘ए’ मा भारतका सनिलले नेपालका शिव सुन्दर गोथेलाई ३–०, समूह ‘डी’ मा नेपालका संयोग कपालीले बंगलादेशका नफिज इक्बाललाई ३–०, समूह ‘र्इ’ मा पाकिस्तानका फैजान जाहुरले नेपालका प्रदीप रोकालाई ३–२ र समूह ‘एफ’ मा नेपालका विनेश खनियाँले बंगलादेशका फहाद ख्वाजालाई ३–२ ले हराउनुभयो ।

प्रतियोगिताको पुरुषमा १८ तथा महिलामा २४ खेलाडी सहभागी छन् । नेपालबाट ५–५ पुरुष-महिला, भारतबाट २ पुरुष÷५ महिला, पाकिस्तानबाट ४ पुरुष÷३ महिला, बंगलादेशबाट ४ पुरुष÷५ महिला, श्रीलंकाबाट २ पुरुष÷५ महिला तथा माल्दिभ्सबाट १–१ पुरुष महिला सहभागी छन् । भुटान भने सहभागी भएन । समान १६–१६ पुरुष÷महिला खेलाडी अर्को चरणलाई छनोट हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार