श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पदावधि सकिएका प्रधानन्यायाधीशलाई महाभियोग लाग्न सक्दैन ।- संविधानविद्, भीमार्जुन आचार्य (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निलम्बित प्रधानन्यायाधीशलाई सफाइ दिने संघीय संसद्का महासचिवको पत्रलाई कसरी हेर्नुभएको छ ?

यो एउटा गम्भीर अराजकता हो, अनुशासनहीनता हो । यो संघीय संसद्का महासचिवको अधिकार क्षेत्रभित्रको विषय नै होइन । अघिल्लो संसद्ले लगाएको महाभियोग सोही संसद्ले पार लगाउनुपथ्र्यो । उसले त्यसलाई टुंगो लगाएन या लगाउन चाहेन । त्यो बहसको विषय बन्न सक्छ । तर, सार्वभौम संसद्ले लगाएको महाभियोग निष्क्रिय भयो भन्ने अधिकार कुनै एक कर्मचारीलाई हुँदैन ।

महाभियोग फुकुवासम्बन्धी संघीय संसद्का महासचिवको पत्रको कानुनी हैसियत कस्तो हुन्छ ?

कुनै एक कर्मचारीले आफ्नो अधिकार क्षेत्रबाहिर गएर गरेको निर्णयको कुनै कानुनी हैसियत हुँदैन । नेपाल बारका साथीहरूले यही विषयमा हतारहतारमा रिट दायर गर्नुभएको पनि सुनेँ । तर, त्यो पनि आवश्यक थिएन । संसद्का महासचिवको यो निर्णय हास्यास्पद छ । कानुनी आधारमा यसको हैसियत शून्य छ । यो कहीँ कतै कार्यान्वयन हुनै नसक्ने निर्णय हो ।

यो अन्योलपूर्ण अवस्थाको  निकास के हुन सक्छ त ? 

संसद्ले सुरु गरेको महाभियोगलाई संसद्ले नै टुंग्याउनुपथ्र्यो । त्यसमा अघिल्लो संसद् चुक्यो । तर, त्यसो भन्दैमा एउटा कर्मचारीले गरेको निर्णयले भने निकास दिन सक्दैन । नयाँ संसद् सुरु हुनुअघि नै निलम्बित प्रधानन्यायाधीशको पदावधि सकिन्छ । पदावधि सकिएपछि पदमै नरहेको मान्छेविरुद्ध महाभियोग लाग्न सक्दैन । त्यतिखेर यो प्रस्ताव स्वतः निष्क्रिय हुन्छ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार