कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रचण्ड-सिटौलाबीच खुमलटारमा वान टु वान भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ ।

सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो। उक्त भेटवार्ताका अवशरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै मुख खोलेका छन् ।

यसअघि  औपचािरक रूपमा प्रधानमन्त्रीको चाहाना नराखेका प्रचण्डले बिहीबार कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगको भेटमा मुख खोलेका हुन् । भेटमा प्रचण्डले कांग्रेसमा आन्तरिक किचलो रहेको भन्दै पहिलो चरणमा सरकारको नेतृत्व आफूले गर्दा गठबन्धन पनि जोगिने बताएका थिए ।

माओवादीले सरकारको नेतृत्वमा दाबी गरिरहेको चर्चाका बीच प्रचण्डको मुड बुझ्न कांग्रेस नेता सिटौला बिहीबार खुमलटार पुगेका थिए । प्रचण्ड निवास खुमलटारमा सिटौलाले चुनाव जितेकोमा प्रचण्डलाई बधाई दिएर कुराकानी सुरु गरेका थिए । उनले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै त्यसका लागि समयमै निर्णय गर्नुपर्ने बताएका थिए ।

तर, प्रचण्डले कांग्रेसभित्रको आन्तरिक रस्साकस्सीलाई आधार बनाउँदै आफूले सरकारको नेतृत्व गर्नुपर्ने बताएका हुन् । कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले आफू प्रधानमन्त्रीको दौडमा रहेको बताउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया