श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विश्वकप ‘गोल्डेन बुट’ मा फ्रान्सको दाबी : दोस्रोमा उक्लिए मेस्सी, यस्तो छ अन्यको स्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने सूची अर्थात् ‘गोल्डेन बुट’ दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी दोस्रो स्थानमा उक्लिएका छन् । शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा नेदरल्याण्ड्सविरुद्ध एक गोल गरेसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन् । जारी विश्वकपमा मेस्सी शानदार लयमा छन् ।

उनले पाँच खेलमा ४ गोल गरिसकेका छन् । साथै, मेस्सीले २ गोलका लागि असिस्ट गरेका छन् । पोल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा नचुकेका भए उनी गोल्डेन बुट दौडमा संयुक्तरूपमा शीर्ष स्थानमा उक्लिने थिए । सेमिफाइनल पुगिसकेकाले मेस्सीसामु शीर्ष स्थानमा उक्लिने मौका कायमै छ ।

जारी विश्वकपमा गोल्डेन बुट दौडको शीर्ष स्थानमा भने फ्रान्सका स्ट्राइकर केलिएन एमबाप्पे छन् । उनले चार खेलमा ५ गोल गरिसकेका छन् । साथै, एमबाप्पेले २ गोलका लागि असिस्ट गरेका छन् । विश्वकप २०२२ मा उनी गोल्डेन बुटका प्रमुख दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन् ।

गोल्डन बुटको होडमा इंग्ल्याण्डका मार्कस रासफोर्ड, पोर्चुगलका गोन्सालो रामोस, फ्रान्सका ओलिभर गिराउड र इंग्ल्याण्डका बुकायो साका संयुक्तरूपमा तेस्रो स्थानमा छन् । नेदरल्याण्ड्सका कोडी गाक्पो, ब्राजिलका रिचार्लिसन, इक्वेडरका इनर भ्यालेन्सिया र स्पेनका अल्भारो मोराटा तेस्रो स्थानमा भए पनि टिम प्रतियोगिताबाट बाहिरिसकेकाले उनीहरू गोल्डेन बुट दौडबाट भने ‘आउट’ भएका छन् ।

त्यस्तै, जारी विश्वकपमा ब्राजिलका नेयमारसहित १८ खेलाडीले दुई–दुई गोल गरेका छन् । वर्तमान समयका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले भने विश्वकप २०२२ मा एक गोल मात्र गर्न सकेका छन् । विश्वकपको इतिहास हेर्ने हो भने प्रायः विश्व फुटबलका महान स्ट्राइकरले गोल्डेन बुट जितेको इतिहास ।

सन् १९८२ मा गोल्डेन बुटको सम्मान पहिलोपटक प्रस्तुत गरिएको थियो । यद्यपि सोभन्दा अघिका विश्वकपमा पनि सम्मान गर्ने परम्परा थियो । समान गोलका कारण खेलाडीलाई छुट्याउन नसकेमा अन्य गोलमा सहयोगीको भूमिका सबैभन्दा बढीले जसले निर्वाह गरेको छ, उसैलाई गोल्डेन बुटको सम्मान दिइन्छ । यसपछि पनि अझै एकभन्दा बढी दाबेदार भएमा कम समय मैदानमा बिताएर बढी गोल गरेका खेलाडीलाई गोल्डेन बुटको योग्य ठानिन्छ । क्रिकेटपाटी

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार