श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कतार विश्वकप : साविक विजेता फ्रान्स फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कतारमा जारी फिफा विश्वकपको उपाधिको लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले पराजीत गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

अर्जेन्टिना पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले हराउँदै उपाधि नजिक पुगेको हो । अब दुई टोली उपाधिको लागि आइतबार लुसाइल आइकोनिक स्टेडियममा आमनेसामने हुनेछन् । रसिया भएको पछिल्लो संस्करणको विजेता फ्रान्स उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ भने अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने दाउमा रहेको छ ।

फ्रान्स सन् २००२ मा ब्राजिलपछि लगातार दोस्रोपटक फाइनल खेल्ने पहिलो टोली बनेको छ । फ्रान्सको यो चौथो विश्वकप फाइनल हुनेछ । यता अर्जेन्टिना भने छैटौंपटक विश्वकपको फाइनलमा उत्रिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार