काठमाण्डौः प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुद बन्ने सेनाको विश्वास छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया