चैत्र १४, २०८१ बिहिबार March 27, 2025

अझै लागेन एकताको टुंगो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भदौं ५ गतेभित्र सबै एकताको प्रक्रिया टुंग्याउने बताएको भएपनि नेकपा माओवादीले एकता प्रक्रिया टुंगोमा पु¥याउन सकेको छैन । ५ गतेभित्र एकता नहुने भएपछि पार्टीको केन्द्रीय सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणकालागि गठित कार्यदलहरूलाई पर्सी भदौ ७ गतेभित्र अनिवार्यरूपमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाईअन्तिम समयका रूपमा भदौ ७ गतेको सीमा तोकेको हो । यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा ७ गतेका लागि अन्तिम समय तोकिएको छ ।

नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसंगठनका एकताको प्रतिवेदन आउन बाँकी रहेको जनाइएको छ । प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेका लागि निर्धारण गरिएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा घोषणा भएको थियो । पार्टी एकता भएपनि जिल्लातह देखि नै एकताको घोषणा हुन बाँकी रहेको छ ।

पार्टीमा कसले कुन ठाउँमा नेतृत्व लिने भन्ने विषयमा पनि विवाद कायम रहेको छ । एमाले र माओवादबिीच विगतमा भएको सहमति अनुसार ६० र ४० को आधारमा एकता सँगे सबै क्षेत्रमा भागबण्डा गरिएको स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ: महासचिव पोखरेल
२०८१ चैत्र १३, बुधबार
बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा
२०८१ चैत्र १३, बुधबार
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार