बैसाख १६, २०८३ बुधबार April 29, 2026

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ३५८८ संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार कोरोनाको कारण भारतमा ९९ जनाको मृत्यु भइसकेको छ।

३५ सय ८८ जना संक्रमित फेला परेका छन्। संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँ परीक्षणको दायरा पनि बढाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

शनिबार मात्रै भारतमा ११ हजार १ सय ८२ जना शंकास्पद बिरामीको कोरोना परीक्षण गरिएको छ। त्यसमध्ये ३ सय २४ जनामा कोरोना संक्रमण पाइएको छ।

कोरोना संक्रमण बढ्न नदिन भारत सरकारले देशभर तीन साताको लागि लकडाउन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया