श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विश्वकप फुटबल: तेस्रो स्थानका लागि क्रोएसियाले मोरक्कोसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि शनिवार क्रोएसिया र मोरक्को प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० गोलले पराजित भएको क्रोएसिया र फ्रान्ससँग २–० ले पराजित भएको मोरक्को तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन ।

खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भोलि राती पौने ९ बजे सुरु हुने छ । २१ औँ विश्वकपको उपविजेता क्रोएसिया यस पटक भने अर्जेन्टिनासँग पराजित भयो ।

मोरक्को भने पहिलो पटक विश्वकप फुटबलमा दक्षिण अफ्रिकी राष्ट्रबाट सेमिफाइनल पुग्न सफल भयो । आइतबार हुने फाइनलमा साविक विजेता फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने छ ।

यस्तै फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल पोल्यान्डका रेफ्री सिमोन मार्सिनियाकले खेलाउने भएका छन् ।

मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोलिनच्की र टोमास्ज लिस्त्कीविच्जले सहायक रेफ्रीको भूमिकामा साथ दिने भएका छन् । यस्तै भोलि क्रोएसिया र मोरक्कोबीच हुने तेस्रो स्थानको खेलका लागि कतारका अब्दुल रहमान अल जसिम मुख्य रेफ्री रहनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार