श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लाफा समूहलाई खुल्ला ब्याडमिन्टन उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलकाे लाफा समूहले जितेको छ ।

शनिबार लुम्बिनी राष्ट्रिय महाेत्सवमा संचालित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टिमले उपबिजेतामा चित्त बुझायो ।

फाइनलमा बस्नेत र पौडेलको टीमले २१-१९ र २१-१५ को सोझो सेटमा गाहा र श्रीसकाे टीमलाई हराउँदै उपाधि जितेको हो । उपाधिसँगै बिजेता टिमले नगद १५ हजार, उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी तथा तामनगरकै सुभाष कर्माचार्य र रामजी न्यौपानेको टिमले तृतिय स्थान हासिल गरि नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक पौडेल, सिद्धार्थ उद्याेग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्ष अरुणकुमार गोयन्का, महासचिव बिजय पाण्डे, सचिव दीपेन्द्र प्रधान, खेलकुद संयोजक हरिबहादुर थापा, प्रचार-प्रसार संयोजक कृष्णप्रसाद घिमिरे लगायतले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

आठौं लुम्बिनी राष्ट्रिय महोत्सव-०७९ को अवसर पारेर सिद्धार्थ उद्याेग बाणिज्य संघले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । यसले पछिल्लो समय लोकप्रिय मानिएको ब्याडमिन्टन खेलको प्रवर्द्धन हुने र खेल संस्कृतिकाे विकासमा टेवा पुग्ने आफूहरुकाे अपेक्षा रहेकाे खेल संयोजक थापाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार