असार २४, २०८२ मंगलबार July 8, 2025

पूर्वी नाकाबाट ग्यास, स्वास्थ्य सामग्री र पेट्रोलियम पदार्थमात्र आयात हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । झाापाको पूर्वी नाका काँकरभिट्टाबाट सोमबारदेखि खाना पकाउने ग्यास, स्वास्थ्य सामग्री र पेट्रोलिय पदार्थ बोकेका सवारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ ।

लकडाउनको समयमा तरकारी सामग्री बोकेका भारतीय सवारी पनि भित्रँदै आएका पूर्वी नाकाबाट अबदेखि लकडाउन समय अवधिभर अन्य सवारीलाई प्रवेशमा रोक लगाइएको हो ।

भारतमा कोरोना संक्रमित बढ्दै गएको र यसबाट नेपालमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै प्रदेश सांसद गोपालकुमार बुढाथोकीको पहलमा आइतबार भएको सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो ।

जोखिम बढेकोले यस्तो निर्णय गर्नुपरेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले जानकारी दिएका छन ।

यसअघि, तरकारीलगायतका सामग्रीका गाडीहरु प्रवेश भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार