श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकप : मोरक्कोलाई २-१ को अन्तरले हराउँदै क्रोएसिया तेस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा क्रोएसियाले तेस्रो भएको छ । कतारमा आयोजना भइरहेको विश्वकपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको प्ले अफमा क्रोएसियाले अफ्रिकन राष्ट्र मोरक्कोलाई २–१ को अन्तरले हराउँदै तेस्रो स्थान रक्षा गरेको हो ।

सन् २०१८ को रसिया विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग २–० ले पराजित भएको थियो । यसपटकको सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित हुँदै क्रोएसिया तेस्रो वा चौथो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । पहिलो अफ्रिकन राष्ट्रका रूपमा विश्वकपको सेमिफाइनल खेलेको मोरक्कोले क्रोएसियाविरुद्ध बलियो रक्षापंक्ति प्रस्तुत गर्न सकेन । मोरक्कोले लगातार दुई खेलमा चार गोल व्यहोरेको छ ।

प्रतिस्पर्धामा क्रोएसियाले ५१ प्रतिशत र मोरक्कोले ४९ प्रतिशत बल पोसेसन राखेको थियो । क्रोएसियाले १२ र मोरक्कोले नौपटक गोलका लागि प्रयास गरेको थियो । खेलमा मोरक्कोले तीनपटक कर्नर पाउँदा क्रोएसियाले ६ पटक कर्नर प्रहार गरेको थियो । क्रोएसियाको जितमा जोस्को भार्डीओलले खेलको सातौँ मिनेटमै १–० को अग्रता दिलाएका थिए । उनले पेरिसिकको सटिक हेडिङ पासमै जोस्कोले हेडिङ गोल गरे ।

मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो :: सेतोपाटी संवाददाता :: Setopati

क्रोएसियाले अग्रता केवल दुई मिनेट मात्र रक्षा गर्‍यो । खेलको नवौँ मिनेटमा अक्रफ दारीले मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । बराबरी गोलसँगै मोरक्कोले क्रोएसियामाथि दबाब राख्यो । तर, मोरक्कोको फिनिसिङ राम्रो भएन । क्रोएसियाले खेलको ४२औँ मिनेटमा मिस्लाभ ओर्सिचको गोलसँगै २–१ को अग्रता लिएको थियो । ओर्सिचले डिबक्सभित्र प्रहार गरेको बल गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

खेलमा थप गोल नहुँदा आर्सिचकै गोल निर्णायक बन्यो । मध्यान्तरपछि मोरक्कोले बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो । मध्यान्तरपछि मोरक्को आक्रामक रूपमा प्रस्तुत भएको थियो । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो । अफ्रिकन फुटबलमा मोरक्कोले हात पारेको नतिजा नै अहिलेसम्मकै उत्कृष्ट हो ।

क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले हराउँदै पहिलोपटक सेमिफाइनल स्थान पक्का गरेको थियो । मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टोली हो । यसअघि सेनेगल, घाना र क्यामरुन क्वार्टरफाइनलसम्म पुगेका थिए ।

विश्वकप इतिहासमा एसियाबाट दक्षिण कोरिया मात्र अन्तिम चारमा पुगेको थियो । सन् २००२ को विश्वकपमा आयोजक राष्ट्र दक्षिण कोरियाले चौथो स्थान हात पारेको थियो । अघिल्लो संस्करणको उपविजेता क्रोएसियाले यसपटक तेस्रो स्थानको उपाधिसहित २७ मिलियन डलर पाएको छ । चौथो भएको मोरक्कोले २५ मिलियन डलर प्राप्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार