काठमाण्डौंः जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले क्षमताभन्दा बढी चुन ढुङ्गा ढुवानी गर्ने टिपरलाई कारबाही सुरु गरेको छ ।
मापदण्डभन्दा धेरै चुन ढुङ्गा ढुवानी गर्दै आएका टिपरको पहिचान गरी भार मिलान गरी पठाउने सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
टिपरले मापदण्डभन्दा धेरै ढुङ्गा बोकेको गुनासो बढेपछि ट्राफिक प्रहरीले चेकजाँच र कारबाही प्रक्रिया अघि बढाएको हो ।
एक पटकलाई भार मिलान गर्ने तथा पुनः भार क्षमताभन्दा बढी ढुङ्गा ढुवानी गरेको भेटिएमा कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो ।
तानसेन नगरपालिकाको बर्तुङ्ग तथा अन्य स्थानमा पनि चेकजाँच गरी भार मिलान गरिएको प्रमुख मल्लले बताउनुभयो । क्षमताभन्दा बढी ढुङ्गा ढुवानीका कारण सडकमा क्षति पुग्नुका साथै दुर्घटना जोखिम पनि बढेको हुँदा चेकजाँच र भारवाहक मिलानलाई प्राथमिकताका दिइएको ट्राफिक प्रहरीले जनाएको छ । पाल्पाका विभिन्न चुन खानीमा गरी दैनिक एक हजारको हारारहारीमा टिपर सञ्चालन हुँदै आएका छन् । बिष्णु खनाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया