श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आहा ! रारा पोखरा गोल्डकप खेल्ने १० टोलीको टुङ्गो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औँ संस्करणमा सहभागिता जनाउने १० टोलीको टुङ्गो लागेको छ ।

आयोजक सहारा क्लब पोखराले मङ्गलवार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको छ ।

यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, बीवाईएससी युएसए, सङ्कटा क्लब र धरान फुटबल क्लबले सहभागिता जनाउने छन् ।

पोखरा रङ्गशालामा आयोजना हुने २२ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुस १४ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै आयोजकले पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस पटकको विजेताले १२ लाख पाउने छ । यस पटक २ लाख वृद्धि गरिएको हो । यस्तै दोस्रो हुने टोलीको पुरस्कारमा १ लाख वृद्धि गर्दै ६ लाख दिइने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार