असार ४, २०८१ मंगलबार June 18, 2024

बालबालिकामा कोरोना भाइरसको प्रभाव कम : अध्ययन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीको यो समयमा यदि केही आश वा सकारात्मक सन्देश मानिन्छ भने त्यो हो, बालबालिकामा यसको प्रभाव अरु उमेर समूहका व्यक्तिको तुलनामा कम हुनु।

चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वका अधिकांश क्षेत्रमा फैलिएको छ। १४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ८२ हजार भन्दा बढी मानिसको कोभिड–१९ बाट मृत्यु भएको छ। तर बालबालिकामा संक्रमण तथा मृत्युदर अरु उमेर समूहका व्यक्तिमा भन्दा कम देखिएको छ।

सुरुमा चीनका वैज्ञानिकहरुले बालबालिकामा कोरोना भाइरसको गम्भीर प्रभाव नहुने बताएका थिए। उनीहरुले कोरोना भाइरसको संक्रमण भएका, त्यसबाट गम्भीर बिरामी परेका तथा मृत्यु भएका व्यक्तिको तथ्यांक विश्लेषण गरेर सो निष्कर्ष निकालेका थिए।

चिनियाँ वैज्ञानिकले त्यहाँको तथ्यांक विश्लेषण गरी निकालेको निष्कर्ष अहिले महामारीको इपिसेन्टर रहेको अमेरिकामा पनि सही साबित भएको छ। अर्थात अमेरिकामा पनि कोरोना भाइरसको गम्भीर प्रभाव बालबालिकामा अरु उमेर समूहका व्यक्तिमा भन्दा कम परेको देखिएको छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० ले जारी गरेको गम्भीर प्रभाव तथा मृत्युदर समेटिएको प्रतिवेदनमा पनि बालबालिकामा कम प्रभाव देखिएको हो।

वयस्कहरुको तुलनामा बालबालिका तथा १८ वर्षमुनिका किशोरकिशोरीमा गम्भीर प्रभाव कम देखिएको वैज्ञानिकहरुले बताएका छन्। यो उमेर समूहका व्यक्तिमा संक्रमणको लक्षण पनि तुलनात्मक रुपमा कम देखिने गरेको छ।

ज्वरो आउने, खोकी लाग्ने तथा स्वासप्रस्वासमा अप्ठ्यारो हुने खालका समस्या बालबालिका तथा किशोरकिशोरीमा तुलनात्मक रुपमा कम देखिएको सिडिसीका वैज्ञानिकले बताएका छन्। यस्तै संक्रमण भए पनि गम्भीर बिरामी पर्ने र अस्पताल भर्ना गर्नु पर्ने अवस्था वा मृत्यु नै हुने जोखिम कम रहेको छ।

सिडिसीका अनुसार फेब्रुअरी १२ देखि अप्रिल २ सम्म अमेरिकामा संक्रमित भएका एक लाख ५० हजार मध्ये १८ वर्षमुनिकाको संख्या २५ सय भन्दा कम रहेको बताएको छ।

१८ वर्षमुनिका संक्रमित मध्ये ७३ प्रतिशतलाई मात्रै ज्वरो आउने, खोकी लाग्ने तथा सास फेर्न कठिन हुने लक्षण देखिएको थियो। तर १८ वर्षदेखि ६४ वर्षसम्मका ९३ प्रतिशत संक्रमितमा ती लक्षणहरु देखिएको सिडिसीले उल्लेख गरेको छ।

यस्तै झण्डै ६ प्रतिशत संक्रमित बालबालिकालाई अस्पताल भर्ना गर्नु परेकोमा वयश्कमा यो संख्या १० प्रतिशत भन्दा माथि छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागलुङको कालिका मन्दिरमा जेठमा मात्रै १८ लाख संकलन
२०८१ असार ४, मंगलबार
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार