असार ४, २०८१ मंगलबार June 18, 2024

कोरोनावाट मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, ३ लाख २९ हजार उपचारपछि निको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ६३ सय ८२ जनाको मृत्यु भएको छ।

यो सँगै यसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ पुगेको वल्डमिटरले जनाएको छ।

बिहीबार बिहान सबा सात बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख १७ हजार ९५ पुगेको छ।

बुधबार एकै दिन ८२ हजार ७०३ नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्मको तथ्यांकअनुसार संक्रमित ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्।

अमेरिकामा बुधबार कोरोना संक्रमणबाट १९ सय १६ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार नाघेको छ। मृतकको संख्या १४ हजार ७५१ पुगेको छ। बुधबार एकैदिन त्यहाँ ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि बुधबार युकेमा धेरैको मृत्यु भएको छ। त्यहाँ बुधबार ९३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ७ हजार नाघेको छ।

त्यसैगरी बुधबार स्पेनमा ७४७ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १४ हजार ७ सय ९२ पुगेको छ। इटालीमा हिजो ५४२ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या १७ हजार ६६९ पुगेको छ।

फ्रान्समा बुधबार ५४१ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८६९ पुगेको छ।

जर्मनीमा बुधबार ३३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २३ सय पुगेको छ भने संक्रमित १ लाख १३ हजार नाघेको छ।

त्यसैगरी बुधबार बेल्जियममा २०५, इरानमा १२१, ब्राजिलमा १३४, नेदरल्यान्डमा १४७, स्वीडेनमा ९६, टर्कीमा ८७, स्वीटजरल्यान्डमा ७४, क्यानाडामा ४६, पोर्चुगलमा ३५, अस्ट्रियामा ३०, आइरल्यान्डमा २५, पोल्यान्डमा ३०, रोमानियामा २३, इक्वेडरमा २२, इन्डोनेसियामा १९, मेक्सिकोमा १६ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट बुधबार १८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७८ र संक्रमितको संख्या ५९ सय १६ पुगेको छ।

अर्को छिमेकी देश चीनमा भने बुधबार कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएन। नयाँ संक्रमित नथपिएपछि कोरोनाको उद्गम थलो चीनको वुहानको जनजीवन सामान्य बन्दै गएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागलुङको कालिका मन्दिरमा जेठमा मात्रै १८ लाख संकलन
२०८१ असार ४, मंगलबार
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार